७ भदौ / अर्थ र व्यापार – नेपाल ग्रामिण विकास बैंकले आफ्नो नाममा भएको आरएमडिसीको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको ८७ हजार ५६४ कित्ता संस्थापक शेयर भदौ १५ देखि २३ गतेसम्म लिलाम बढाबढको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
बैंकले शिलबन्दी बोलपत्रको लागि न्युनतम मुल्य ४०१ रुपैयाँ तोकेको छ । साथै आवेदनकर्ताले न्युनतम एक हजार कित्ता आवेदन दिन पाइने छ । बैंकको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । प्राप्त भएका शिलबन्दी बोलपत्रहरु ।भदौ २३ गते अपरान्ह ४ बजे एनएमबफ क्यापिटल नागपोखरीमा खोलिने छ ।
तपाईको प्रतिक्रिया