logo

 सिद्धार्थ डेभलपमेन्टको साढे आठ लाख कित्ता सेयर लिलामीमा

    1479   पटक पढिएको

७ असार / अर्थ र व्यापार - जनता बैंकसँग एक बराबर एक अनुपातमा एक्वायरमा गएको सिद्धार्थ डेभलपमेन्ट बैंकले असार १४ गतेदेखि आठ लाख ५७ हजार चार सय ३७ कित्ता सेयरको लिलामी गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको चार लाख पाँच हजार ८८८ दशमलव ४५ कित्ता तथा सर्वसाधारण समूहतर्फको चार लाख ५१ हजार ५४८ दशमलव ५६ कित्ता सेयरको लिलामी गर्ने भएको हो । 

सिद्धार्थ डेभलपमेन्टको सेयर विक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लिलामी सेयर सकार्न ईच्छुक लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकार्ताले लिलामी गर्दा न्यूनतम एक सय कित्ता वा अधिकतम सबै कित्तासम्मकोलागि समेत आवेदन गर्न सक्नेछन् । त्यस्तै न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । अधिकतम मूल्यमा अंकित गर्ने बोलकबोलदातालाई प्राथमिकता दिएर सेयर बाँडफाँड हुनेछ ।

प्राप्त बोलपत्रहरु असार २३ गते दिउँसो १ बजे क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा खुला गरिने छ । लिलमीमा सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई क्यापिटलले सेयर बाँडफाँड भएको तेस्रो दिनदेखि क्यापिटलको कार्यालय वा सोझै नेपाल क्लियरिङ्ग हाउसको आईपीएस प्रणालीमार्फत खातामा नै फिर्ता गर्नसक्ने छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म ६० प्रतिशत बराबरको ८५ लाख १५ हजार पाँच कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २७.०९ रुपैयाँ कायम गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।