२८ जेठ / अर्थ र व्यापार-दुई महिनाअघि टुरिजम डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रद सेयरका लागि आवेदन नपरेपछि ७ लाख ४ हजार ७३७ कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको छ ।
बैंकले ४ लाख ३८ हजार २०० कित्ता संस्थापक सेयर र २ लाख ६६ हजार ५३७ कित्ता सर्वसाधारण सेयर लिलामीमा राखेको हो ।
यो सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको तर बढी मूल्य कबोल गर्नेले पाउनेछ ।
सो सेयरको लागि असार १५ गतेसम्ममा निष्काशन तथा बिक्री प्रबन्धक एनआईवीएल क्यापिटल मार्केट्समा आवेदन गर्नुपर्नेे छ ।
तपाईको प्रतिक्रिया