७ असार / अर्थ र व्यापार - टुरिजम् डेभलपमेन्ट बैंकको साधारण र संस्थापक सेयर गरी ७ लाख चार हजार ७३८ कित्ता सेयर लिलामीमा राखेको छ । टुरिजम् डेभलपमेन्ट बैंकले चैत १३ गतेदेखि बैशाख २६ गतेसम्म निष्काशन गरेको शतप्रतिशत हकप्रदमा यो परिमाणमा सेयर विक्री हुन नसकेपछि लिलामीमा राखेको हो ।
बैंकले २ लाख ६६ हजार ५३७ कित्ता साधारण सेयर तथा ४ लाख ३८ हजार २०० कित्ता संस्थापक सेयरको लिलामी खुलाएको हो । बैंकको लिलामीको सेयरमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।
मेगा बैंकसँग मर्जरमा गएका कारण बैंकको माघ ६ गतेदेखि सेयर कारोबार रोकिएको छ । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको छ । बैंकको सेयर अन्तिम पटक नेप्सेमा माघ ६ गते ४२७ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया