७ जेठ /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र–२०८७ ‘ख’मा आज अपरान्ह ३ बजे बोलकबोल गर्ने भएको छ । ११ वर्ष अवधिमा रहेको ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट तय गरिने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रको आज मंगलबार अपरान्ह ३ बजे बोलकबोल गर्ने र बुधबार भोली जारी हुने जनाइएको छ । यो अणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, नेपाली नागरिक, बिमा कम्पनी लगायत संगठित संस्थाले खरिद गर्न पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको साँवा २०८७ जेठ ८ गते भुक्तानी हुनेछ । ब्याज भने प्रत्येक ६–६ महिनामा हुनेछ । यो ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्नेछ ।
तपाईको प्रतिक्रिया