३१ जेठ / अर्थ र व्यापार - देशभरबाट छनोट भएका उत्कृष्ट ५ किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट कृषि विकास मन्त्रालयले मंगलबार सम्मान गरेको थियो । मन्त्रालयले उन्नत प्रविधि अपनाई आधुनिक र व्यावसायिक खेती गरिरहेका किसानलाई जिल्ला र क्षेत्रबाट छनोट गर्दै राष्ट्रियस्तरमा सम्मान गरेको थियो ।
मन्त्रालयका प्रवक्ता डा. योगन्द्रकुमार कार्कीले १ जनालाई सर्वोत्कृष्ट र ४ जनालाई उत्कृष्ट कृषकका रूपमा सम्मान गरिएको थियो । सर्वोत्कृष्टलाई २ लाख र उत्कृष्टलाई १ लाख रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । यसअघिका दुई वर्षमा राष्ट्रिय धान दिवस (असार १५) को अवसर पारेर पुरस्कार वितरण गरिएको थियो ।
पुरस्कारका हकदार यी हुन्ः
अफजल हुसेन, सर्वोकृष्ट
थमबहादुर रजाली मगर, उत्कृष्ट
खड्गसिंह विष्ट, उत्कृष्ट
इन्द्रकुमारी लावती, उत्कृष्ट
सुमेरशमसेर जबरा, उत्कृष्ट
तपाईको प्रतिक्रिया