२५ भदौ / अर्थ र व्यापार – नेसनल मर्चेन्ट बैंकर लिमिटेडको चौथो वार्षिक साधारणसभा असोज १० गते हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ ।
सञ्चालक समितिले गरेको शिफारिश बमोजिम १०.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । संस्थाले चुक्तापुँजी बढाएर २० करोड रुपैयाँ पुर्याउने भएको छ । बोनस वितरणपछि १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।
तपाईको प्रतिक्रिया