३० साउन / अर्थ र व्यापार – नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ४६ औं र ४७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार पोखरा लेखनाथ महानगरपालिकाको बुढी बजारमा र शनिबार बागलुङ नगरपालिका, जिप पार्कमा नया शाखाहरूको औपचारिक शुभारम्भ गरेको हो ।
उक्त कार्यक्रमहरू बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थिति र बैंकका सञ्चालकहरूको सभापतित्व तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीद्वारा उद्घाटन गरिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरूको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
लेखनाथ र बागलुङ शाखासहित बैंकले ४७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि उनले जानकारी गराए । बैंकले हालै सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार आव ०७३/७४ मा कुल निक्षेप ४३.७१ अर्ब, कुल कर्जा ३७.४६ अर्ब र खुद नाफा १.२० अर्ब गरेको छ ।
तपाईको प्रतिक्रिया