१ साउन / अर्थ र व्यापार – नेपाल एसबिआई बैंकले बिक्रि नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकल आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सर्व साधारण समुहको ४ लाख ६९ हजार ५२ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।
बैंकले न्युनतम एक सय रुपैंयाँ मुल्यमा साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी गरेर आवेदन दिन भनेको छ । न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल एसबिआई बैंकले एनएमबी क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।
तपाईको प्रतिक्रिया