४ असार / अर्थ र व्यापार - एनएमबि बैंकले म्यागदीको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौडा र नवलपरासीको कावासोती गरी एकैसाथ चार नयाँ शाखाहरु संचालनमा गरेकोे छ । स्थानीय ग्राहक, उद्योगी, व्यापारी तथा पत्रकार वर्गहरुको उपस्थितिमा फरक कार्यक्रमहरुबीच असार १ गतेबाट नयाँ शाखाहरु संचालनमा ल्याईएको छ ।
देशको विभिन्न स्थानहरुमा एनएमबि बैंकको नयाँ शाखा संचालनले सरल बैकिङ्ग पँहुचमा थप टेवा पुग्ने छ । नयाँ शाखाहरुको शुरुवात सँगै एनएमबि बैंककोे कुल ८० शाखा ६४ एटिएम र ५ एक्टेन्सन काउन्टर पुगेको छ ।
तपाईको प्रतिक्रिया