logo

दुई वर्षपछि राष्ट्र बैंकका ४ विभाग आफ्नै भवन बालुवाटारमा

    1622   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – भुकम्पले भवन क्षति भएपछि लैनचौर सरेको नेपाल राष्ट्र बैंकका केही विभाग दुई वर्षपछि बालुवाटार सरेको छ । २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पका कारण राष्ट्र बैंक बालुवाटार कार्यालयमा रहेका चार वटा विभाग लैनचौरस्थित तत्कालिन प्रभु भवन (अहिलेको हाथवे) मा सरेको थियो । 

आफैले नियमन गर्ने संस्थामा विभागहरु सारेको भन्दै राष्ट्र बैंकका कर्मचारी संगठनहरुले उच्च ब्यवस्थापनको आलोचना गर्दै आएका थिए । राष्ट्र बैंकको मुल भवन नै भत्किएपछि सञ्चालक समितिको बैठक चौरमा बसेको थियो । अहिले पनि मुल भवन पुरै भत्काएर निर्माण कार्य चलिरहेको छ ।

भुकम्पपछि विकास बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, लघुवित्त प्रबर्द्धन तथा सुपरिवेक्षण विभाग र समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा प्रभु भवनमा सारिएको थियो । राष्ट्र बैंकले दुई बर्षभन्दा बढि समय लगाएर बालुवाटारमा नयाँ संरचना निर्माण गरेपछि ती विभाग फेरि आफ्नै पुर्वाधार भएको बालुवाटार कार्यालय परिसरभित्र सारिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।