logo

चार वाणिज्य बैंकले अपर सानीगाड जलविद्युत आयोजनामा लगानी गर्ने

    1427   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-बझाङमा बुङ्गल हाइड्रो पावरले निर्माण गर्न लागेको १०.७ मेगावाटको अपर सानीगाड जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । सो आयोजनामा सिभिल बैंकको अगुवाईमा चार वाणिज्य बैंकले १ अर्ब ३६ करोड ऋण लगानी गर्ने भएका छन् । ऋण लगानी सम्बन्धि सम्झौतामा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र बुङ्गलको तर्फबाट अध्यक्ष उमेश श्रेष्ठले  हस्ताक्षर गरेका छन् ।

सिभिल बैंक, प्रभु बैंक, नेपाल इन्मेष्टमेन्ट बैंक र लक्ष्मी बैंकले सानीगाडमा लगानी प्रतिबद्धता जनाएका हुन । आयोजना निर्माण गर्न १ अर्ब ८१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा चार वाणिज्य बैंकले १ अर्ब ३६ करोड ऋण लगानी गर्ने भएका छन भने बाँकी रकम प्रवद्र्धकले स्वपुँजी लगानी गर्ने भएका छन् ।

बैंकहरुले सम्झौता अनुसार ७५ प्रतिशत र प्रबद्धकले २५ प्रतिशत लगानी गर्ने छन । बझाङमा रहेको आयोजना आगामी सन् २०१९ को सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही समूहले ३८ मेगावाटको माथिल्लो कलंगा र १५ मेगावाटको कालंगा आयोजनामा लगानी जुटाई निर्माण सुरु पनि गरिसकको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।