logo

हाम्रो विकास बैंकको साढे चार लाख कित्ता सेयर लिलामीमा

    1336   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – हाम्रो विकास बैंकले साउन ५ देखि ४ लाख ५१ हजार १२१ कित्ता सेयरमा लिलामी खुला गर्ने भएको छ । नुवाकोटमा केन्द्रिय कार्यालय रहेको हाम्रोले तीन लाख ९१ हजार ६३६ कित्ता संस्थापक र ५९ हजार ४८४ कित्ता सर्वसाधारण सेयर लिलामी बढाबढमा बेच्ने भएको हो ।

हाम्रो विकास बैंकको सेयर विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । इच्छुकले न्युनतम एक सय रुपैयाँ र एक सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका हकमा संस्थापक सेयरका लागि ४५ हजार कित्ता र साधारण सेयरका लागि १० हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् । संस्थापक सेयरका लागि हाल बैंकमा कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् । 

लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्दा १० ले भाग जाने कित्ताका लागि विदुर नुवाकोट वा एनआईविएल क्यापिटलमा साउन १२ गतेभित्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र असार १५ गते एनआईबिएल क्यापिटल मार्केट लाजिम्पाटमा विहान ११ बजे बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थिघउतिमा खुला गर्नेछ ।

बैंकले गत बैशाख ७ देखि असार ११ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा अवितरित सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।