२ असार / अर्थ र व्यापार - गरिमा विकास बैंकले ३ लाख ३६ हजार ७१ कित्ता साधारण सेयरकै लिलामी गरेर बिक्री गर्न लागेको छ । यो बैंकले गत बैशाख १४ देखि जेठ १७ गतेसम्म गरेको हकप्रद सेयरको बिक्री खुलामा नविकेको सेयरलाई लिलाम बढाबढ गरेर बेच्न लागेको हो ।
यो बैैंकको संस्थापक सेयर ९ हजार ८४७ कित्ता सेयर पनि लिलामीमा विक्री गरिदैँ छ । यो बैंकले आगामी असार २३ गतेभित्र आवेदन दिइसक्नुपर्ने गरी सूचना जारी गरेको छ । यसको सेयर कम्तिमा एक सयर रुपैयाँले कबोल गरेर शीलबन्दी मार्फत आवेदन दिनुपर्ने पनि उल्लेख छ । यसको विक्री प्रवन्धक एस क्यापिटल लिमिटेड हो ।
तपाईको प्रतिक्रिया