logo

साउन २७ गते नेशनल लाईफ इन्स्योरेन्सको २८ औ वार्षिक साधारणसभा 

    1451   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – नेशनल लाईफ इन्स्योरेन्सले हकप्रद सेयरको अनुपात परिमार्जन गरेर बोनसपछि मात्र हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो पटक हकप्रद प्रस्ताव परिमार्जन गरेको हो । २५ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीले अब बोनस वितरण गरेर ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव अघि सारेको छ ।

जसका लागि कम्पनीले साउन २७ गते २९ औ साधारणसभा राखेको छ । कम्पनीको २८ औ बार्षिक साधारणसभाले शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो । त्यसपछि कम्पनीले उक्त प्रस्ताव परिमार्जन बोनसअघि ७५ प्रतिशत हकप्रद बिक्री गर्ने बताएको थियो । अब कम्पनीले बोनसपछि मात्रै ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रष्ट पारेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुले आगामी ०७५ असारसम्म चुक्तापूँजी दुई अर्ब पुर्याउनु पर्ने निर्देशन जारी गरेपछि कम्पनीले हाल कायम पूँजीको २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद बिक्री गर्नेछ । यसबाट लगानीकर्ताले प्राप्त गर्ने लाभांश र हकप्रदमा कुनै फरक नपर्नेछ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ छ । २५ प्रतिशत अर्थात ३३ करोड १२ लाख बराबरको बोनसपछि कम्पनीको पूँजी एक अर्ब ६५ करोड ६० लाखको पुग्नेछ । यसमा कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख बराबरको हकप्रद बिक्री गर्नेछ । हकप्रद पछि कम्पनीको पूँजी दुई अर्ब ६४ करोड ९६ लाख पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।