logo

साउन २७ गते नेशनल लाईफ इन्स्योरेन्सको २८ औ वार्षिक साधारणसभा 

    1313   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – नेशनल लाईफ इन्स्योरेन्सले हकप्रद सेयरको अनुपात परिमार्जन गरेर बोनसपछि मात्र हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो पटक हकप्रद प्रस्ताव परिमार्जन गरेको हो । २५ प्रतिशत बोनस प्रस्ताव गरेको कम्पनीले अब बोनस वितरण गरेर ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव अघि सारेको छ ।

जसका लागि कम्पनीले साउन २७ गते २९ औ साधारणसभा राखेको छ । कम्पनीको २८ औ बार्षिक साधारणसभाले शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो । त्यसपछि कम्पनीले उक्त प्रस्ताव परिमार्जन बोनसअघि ७५ प्रतिशत हकप्रद बिक्री गर्ने बताएको थियो । अब कम्पनीले बोनसपछि मात्रै ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रष्ट पारेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुले आगामी ०७५ असारसम्म चुक्तापूँजी दुई अर्ब पुर्याउनु पर्ने निर्देशन जारी गरेपछि कम्पनीले हाल कायम पूँजीको २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद बिक्री गर्नेछ । यसबाट लगानीकर्ताले प्राप्त गर्ने लाभांश र हकप्रदमा कुनै फरक नपर्नेछ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ छ । २५ प्रतिशत अर्थात ३३ करोड १२ लाख बराबरको बोनसपछि कम्पनीको पूँजी एक अर्ब ६५ करोड ६० लाखको पुग्नेछ । यसमा कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख बराबरको हकप्रद बिक्री गर्नेछ । हकप्रद पछि कम्पनीको पूँजी दुई अर्ब ६४ करोड ९६ लाख पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।