logo

नागबेली लघुवित्तको २१ हजार आठ सय कित्ता सेयर लिलामीमा

    1730   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार-शुक्रबार (जेठ १९ गते) देखि नागबेली लघुवित्तले २१ हजार आठ सय ८९ कित्ता  सेयरको लिलामी सुरु गरेको छ । मंसिर २० गतेदेखि माघ १० गतेसम्म जारी गरेको एक लाख २५ हजार कित्ता हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लघुवित्तले  बोल कबोल मार्फत बेच्न लागेको हो । 

 जेठ १९ गतेदेखि ईच्छुक लगानीकर्ताले नागबेलीको लिलामी सेयरमा कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी तथा नागबेलीको प्रधान कार्यालय बिर्तामोड झापाबाट जेठ २६ गतेसम्म शिलबन्दी बोलपत्र प्रस्तुत गर्न सक्नेछन् । 

ईच्छुक लगानीकर्ताले बोलपत्र प्रस्तुत गर्दा न्युनतम एक सय कित्ता र अधिकतम सबै सेयरका लागि १० कित्ताको गुणांकमा आवेदन गर्न सक्नेछन् । प्राप्त भएको बोलपत्र जेठ २८ गते दिनको ४ बजे खुला गरी असार १ गते बाँडफाँड गरिन्छ । सेयर प्राप्त गर्न नसक्ने लगानीकर्ताहरुलाई असार ६ गतेदेखि रकम फिर्ता गर्नेे छ । 

पाँच करोड ४ लाख ५२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नागबेली लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ८२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ७४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।