logo

आरएसडिसी लघुवित्तको २०० प्रतिशत हकप्रद आजबाट बिक्रीमा 

    826   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – आरएसडिसी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको २०० प्रतिशत हकप्रदको बिक्री आजबाट खुलेको छ । भदौ १५ गतेसम्म कायम रहेका शेयर धनीहरुले एक शेयर बराबर दुईको अनुपातमा हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् । संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरमा २३ लाख कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको हो । 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, आरएसडीसी लघुवित्तको कार्यालय बुटवल, र इन्भेष्टमेन्ट बैंकको उपत्यका बाहिरका सम्पुर्ण शाखा कार्यालयबाट कात्तिक ५ गते गतेसम्म आवेदन दिन सक्नेछन् । हाल ११ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निश्कासनपछि चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार थोक लघुवित्त कर्जा प्रदान गर्ने संस्थाले २०७५ असार मसान्तसम्ममा न्यूनतम ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने भएपछि लघुवित्तले भारी मात्रामा सेयर बिक्री गर्न लागेको हो । कम्पनीलाई २५ करोड ५० लाख रुपैँया पूँजी अझै अपुग हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।