२२ भदौ / अर्थ र व्यापार – स्ट्याण्डर्ड चाटर्ड बैंकमा दुई जना नयाँ सञ्चालक नियुक्त भएका छन् । भदौ १९ गते बसेको बैंक सञ्चालक समितिले करेन डिअलविस र मन बहादुर राईलाई नयाँ सञ्चालकमा नियुक्त गरेको हो ।
डिअलविसलाई स्ट्याण्डर्ड चाटर्ड बैंक ग्रीन्डलेस अष्ट्रेलियाका तर्फबाट सञ्चालक नियुक्त गरिएको हो भने राईलाई साधारण सेयर धनीका तर्फबाट सञ्चालक नियुक्त गरिएको हो । राईलाई आगामी साधारण सभासम्मका लागि सञ्चालक नियुक्त गरेको हो ।
तपाईको प्रतिक्रिया