logo

सिद्धार्थ बैंकको २ लाख ५३ हजार कित्ता सेयर लिलामीमा

    1170   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार – सिद्धार्थ बैंकले संस्थापक र सर्वसाधारण समूहको गरी कुल २ लाख ५३ हजार ९२२ कित्ता सेयरको लिलामी मंगलबारदेखि खुला गरेको छ । बैंकले संस्थापक समूहको १३ हजार ५५०  कित्ता र सर्वसाधारण समूहको २ लाख ४० हजार ३७१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

सिद्धार्थ बैंकले गत जेठ २५ देखि असार २८ गतेसम्म ३० ५  हकप्रद निष्कासन ढगर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर नक्सालमा पुग्ने गरी बोलपत्र फारम पेस गर्नुपर्नेछ । बोलपत्र भदौ १५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटलमा खोलिने छ । 

लगानीकर्ताले भदौ ६ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तथा १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले अधिकतम कित्ताका लागि कुनै हद नतोकिएकाले बिक्रीमा राखिएको सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४१ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसामा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५४ पैसा छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।