logo

बैंकहरूले सेयर धितोमा ५०.६० अर्ब लगानी गरे, करोडमाथिका कर्जा ७६.९ प्रतिशतले बृद्धि

    315   पटक पढिएको

९ भदौ/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक २०८१/८२ मा सेयर धितोमा ५० अर्ब ६० करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । गत वर्ष बैंकहरूले सेयर धितो कर्जा ५६.२ प्रतिशतले बढाएका हुन् ।
बैंकहरूको सेयर धितो कर्जा १ खर्ब ३७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ थियो । ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर बजारमा आक्रामक रुपमा लगानी गरिरहेका छन् ।
१ करोडमाथिको सेयर धितो कर्जा ७६ दशमलब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५५ अर्ब ९३ करोड रुपैयाँ रहेको १ करोडमाथिको सेयर धितो कर्जा गत असारसम्म आइपुग्दा ९८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ३ अर्ब ६० करोड रुपैयाँले बढेर १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा २१.८ प्रतिशत र २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ११.८ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।