logo

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्तिमा १० प्रतिशत छुट

    473   पटक पढिएको


११ साउन/अर्थ र व्यापार – एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकले छुट दिने सम्बन्धमा लिजा श्री इन्टरप्राइजेजसँग सम्झौता भएको जनाएको छ । यस सम्झौतापछि बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगंजस्थित रुङ्टा मलमा रहेका सैलुनका शाखाहरूबाट सो छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने सो बैंकले जनाएको छ । यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास लिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।