logo

सिटिजन्स बैंकले नारायणहिटी पथ र कमलादीमा संचालनमा ल्यायो इभी चार्जिङ स्टेसन

    543   पटक पढिएको



१ साउन/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउन काठमाडौं उपत्यकाका दुई प्रमुख स्थानहरूमा इभी चार्जिङ स्टेसनहरू संचालनमा ल्याएको जनाएको छ । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिगंल गनको क्षमता ४० किलोवाट छ ।
बैंकमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो चार्जिङ स्टेसनहरूको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पु¥याउने उद्देश्यले इभी चार्जिङ स्टेसन स्थापना गर्ने रणनीति अघि सारेको बताए ।
उनले आगामी दिनमा सातै प्रदेशका आफ्नै भवनको प्राङ्गणमा चार्जिङ स्टेसनहरू स्थापना गरिने जानकारी दिए । सो चार्जिङ स्टेसनहरू सर्वसाधारण, ग्राहक तथा इभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।
सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पु¥याउने अपेक्षा बैंकले गरेको छ ।
वातावरण एवं पर्यावरणको संरक्षण र बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि सातै प्रदेशमा १८सय भन्दा बढी बिरुवा रोपिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।