logo

बैंक तथा वित्तीय संस्थाहरूले फेरि घटाए ब्याजदर

    420   पटक पढिएको


३२ असार /अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाहरुले फेरि निक्षेपको ब्याजदर घटाएका छन्। १ साउनदेखि लागू हुनेगरि वित्तीय संस्थाहरुले ब्याजदर घटाएका हुन् ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएसँगै बैंकले साउन महिनामा निक्षेपको ब्याजदर घटाएका हुन् । राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशतलाई २.७५ प्रतिशतमा झारेसँगै बैंकहरु बचत र छोटो अवधिको मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन् ।
यसअघि निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर ३ प्रतिशत तल आउन सकेको थिएन । जसकालागि ब्याजदरको नयाँ सूची बैंकहरुले बुधबार प्रकाशित गरेका छन् ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर र नीतिगत दर ०.५० प्रतिशत विन्दु तथा निक्षेप संकलन दरलाई ०.२५ प्रतिशत विन्दुका दरले घटाएको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बचत र मुद्दती निक्षेपको न्यूनतम २.७५ प्रतिशत झारेका छन्।
वित्तीय संस्थाहरुले घटाएको निक्षेपको ब्याजदर लागत कम भइ आधार दर घटेर कर्जा अझै सस्तिने छ । जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ७.९९ प्रतिशत छ । पछिल्लो दुई डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउदै आइरहेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।