logo

स्थानीय सरकारले सहयोग नगरेका कारण बैंकको कर्जा रिकभरीमा समस्या

    385   पटक पढिएको


२६ असार/अर्थ र व्यापार – बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो समस्या भएको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका नीति, प्रक्रिया तथा कानूनी प्रावधानअनुसार ऋण प्रवाह र असुली गर्दै आएका बैंकहरूले पछिल्लो समय स्थानीय निकायहरूबाट आवश्यक कागजात, विशेषगरी घरबाटो सिफारिस लगायतका प्रक्रियामा ढिलाई र असहयोग गरिदिएका कारण कानूनी दायराभित्र रहेर कर्जा असुली गर्न समेत कठिनाइ भएको बताएका छन् ।
बैंकहरूले लिलामी प्रक्रियाका लागि आवश्यक पर्ने पञ्जीकृत मूल्यांकन, मालपोतसम्बन्धी कागजात तथा अन्य औपचारिकताका क्रममा स्थानीय तहले अवरोध गर्ने, सिफारिस नदिने वा अनावश्यक ढिलाइ गर्ने गरेको गुनासो व्यक्त गरेका हुन् ।

यसले गर्दा कर्जा असुली प्रक्रियामा बाधा पुग्नाले बैंकिङ प्रणाली मात्र नभई समग्र आर्थिक स्थायित्वमा समेत चुनौती थपिएको बैंकहरूको भनाइ छ । यस्तै, कर्जा असुलीका क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई धम्की दिने, मानसिक दबाब सिर्जना गर्ने, र कतिपय स्थानमा शारीरिक आक्रमणसम्म हुने घटनाहरू बढिरहेको यि संस्थाहरूले बताएका छन् । यस्तो अवस्थाले बैंक वित्तीय संस्थाहरूका कर्मचारीहरूको मनोबलमा असर मात्र गरेको छैन, सम्पूर्ण बैंकिङ क्षेत्रको मर्यादामा समेत आँच पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकहरूले देशको समग्र आर्थिक विकासमा स्थानीय तह र वित्तीय संस्थाबीच समन्वय र सहकार्य अत्यावश्यक रहेको भन्दै संघीय संरचनाअनुसार स्थानीय निकायले गम्भीर ढंगले समस्या समाधानमा अग्रसर हुनुपर्ने माग गरेका छन् । साथै, कर्जा असुली प्रक्रियामा सहयोगका लागि स्थानीय तहका पदाधिकारीहरूसँग समन्वय कायम गर्न र शान्ति सुरक्षाका लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।