logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दाबढी विरुवा

    111   पटक पढिएको


२६ जेठ/अर्थ र व्यापार – विश्व वातावरण दिवस २०२५ को अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आयोजना गरेको सप्ताहव्यापी वातावरणीय गतिविधिहरूको समापन वृहत वृक्षारोपण कार्यक्रममार्फत गरिएको सो बैंकले जनाएको छ ।
कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न सो अभियानमा बैंकका ३ सय ५० भन्दा बढी कर्मचारीको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमअन्तर्गत फलफूल, फूलफुल्ने तथा छायाँ दिने गरी २० भन्दा बढी जातका ७ सयभन्दा बढी बिरुवाहरू रोपिएका छन् ।
हरियाली प्रर्वधन, जैविक विविधता संरक्षण तथा वातावरणीय दिगोपनामा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले दीर्घकालीन वातावरणीय सन्तुलनमा योगदान पु¥याउने विश्वास लिइएको छ ।
वृक्षारोपणको औपचारिक सुरुआत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा, डेपुटी सीईओ सर्वेन्द्र मिश्र तथा विद्यालयका उपप्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरेका थिए ।
यस अवसरमा उनीहरूले विगत वर्ष रोपिएका बिरुवाहरूको समेत निरीक्षण, सफाइ तथा संरक्षण कार्यमा सहभागिता जनाएका थिए । बैंकले प्रत्येक वर्ष वातावरण दिवसको सन्दर्भमा विभिन्न हरित गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
यस वर्षको अभियानमा वृक्षारोपणसँगै, कर्मचारीमाझ वातावरणप्रति सचेतना अभिवृद्धि गर्न विविध संवाद र सरसफाइ गतिविधिहरूसमेत सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।