logo

नबिल बैंकको क्रेडिट कार्डमा असार मसान्तसम्म आवेदन दिए जीवनभर शुल्क तिर्नु नपर्ने

    373   पटक पढिएको



१४ जेठ/अर्थ र व्यापार – नबिल बैंकले ल्याएको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड अफर ग्राहकका लागि आकर्षण बनेको छ । ग्राहकको उल्लेख्य सहभागितापछि बैंकले यस अफरको अवधि असार मसान्तसम्म लम्ब्याएको छ ।
बैंकका अनुसार अफर अवधिभर क्रेडिट कार्डका लागि आवेदन दिए कुनै पनि वार्षिक तथा नवीकरण शुल्क जीवनभर तिर्नु पर्दैन । यदि कार्ड भाँचियो, हरायो वा क्षति भयो भने मात्र नयाँ कार्डका लागि शुल्क लाग्नेछ ।
अफर सकिएपछि कार्ड लिँदा पहिलो वर्षका लागि १ हजार र प्रत्येक वर्ष नवीकरण शुल्क बापत २ हजार तिर्नुपर्ने बैंकले जानकारी दिएको छ । बैंकले तत्काल नगदबिना नै भुक्तानी गर्ने सुविधालाई आत्मसात गर्दै क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ यो अफर ल्याएको जनाएको छ ।
यसले ग्राहकलाई आपतकालीन अवस्थामा समेत आर्थिक सहुलियत प्रदान गर्ने बैंकले बताएको छ । ‘क्रेडिट कार्डमार्फत ग्राहकले पसल, होटल, अनलाइन सपिङ, तथा विभिन्न सेवामा सजिलै भुक्तानी गर्न सक्छन् । यदि तोकिएको समयमा रकम फिर्ता गरियो भने कुनै ब्याज लाग्दैन, जसले आर्थिक अनुशासनमा पनि सहयोग गर्छ,’ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका रिटेल ल्याण्डिङ प्रमुख चाँदनी श्रेष्ठले क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न छुट, क्यासब्याक जस्ता फाइदा पनि प्राप्त गर्न सकिने जानकारी दिइन् । उनले समग्रमा क्रेडिट कार्डले आर्थिक सुरक्षा, सहजता र सुविधा प्रदान गर्दै आधुनिक जीवनशैलीमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।
ग्राहकले बैंकको जुनसुकै शाखामा गएर वा अनलाइनमार्फत पनि कार्डका लागि आवेदन दिन सक्ने बैंकले बताएको छ । अनलाइन आवेदन गर्दा स्यालरी सर्टिफिकेट, बैंक स्टेटमेन्ट लगायत आवश्यक कागजातहरू बुझाउनुपर्छ । आवेदन स्वीकृत भएपछि बैंकले डेलिभरी पार्टनर ‘उपाय’ मार्फत कार्डलाई ग्राहकको ठेगानामा पु¥याउने व्यवस्था गरेको छ ।
बैंकबाट कर्जा लिएका ग्राहकले पनि क्रेडिट कार्ड लिन सक्छन् । हालसम्म यस्ता ग्राहकहरूलाई अधिकतम २ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिइएको सो बै.कले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।