logo

वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकले ३१ जना महिला उद्यमीलाई सम्मान गर्यो

    399   पटक पढिएको



११ जेठ/अर्थ र व्यापार – महालक्ष्मी विकास बैंकले ३१ औँ वार्षिकोत्सवका अवसरमा देशभरका ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको जनाएको छ ।
बैंकले गत ४ देखि १० जेठसम्म वार्षिकोत्सव मनाउने क्रममा महिला उद्यमीहरूलाई देशभरका विभिन्न शाखा कार्यालयहरूमार्फत सम्मान गरेको जनाएको छ ।
बैंकका अनुसार वित्तीय पहुँच,आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा महिलालाई ल्याउने उद्देश्य सहित सो सम्मान गरिएको हो ।
यस कार्यबाट उद्यमशिलतालाई समेत प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको सो बैंकले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा ६ जेठमा देशभरका १० वटा शाखा कार्यालयहरू र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
सो रक्तदान कार्यत्रमहरूमार्फत ३ सय २० पिन्ट रगत संकलन गरिएको थियो । साथै, बैंकले ७ जेठमा केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभूषाको प्रहसन गरेको थियो ।
यसका साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत संचालन गरिएको सो बैंकले जनाएको छ । बैंकका अनुसार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
सो प्रभातफेरी कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण लगायत बैंकिङ सेवाहरूसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृंखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२५, श्रृंखला ४) २४ टिमको सहभागितामा २१ देखि २४ जेठसम्म सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।