logo

निफ्राले ५ अर्ब रुपैयाँको ग्रिन बण्ड १८ जेठ देखि निष्कासन गर्ने

    384   पटक पढिएको


८ जेठ/अर्थ र व्यापार – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी १८ जेठदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘निफ्रा हरित उर्जा ऋणपत्र–६ प्रतिशत २०८८/८९’ निष्कासन गर्न लागेको हो ।
निफ्राले अंकित मूल्य १००० रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । कुल निष्कासन मध्ये ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत रुपमा र २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बाँडफाँड गरिने सो बैंकले जनाएको छ ।
लगानीकर्ताले २५ देखि १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन अवधि छिटोमा आगामी २१ जेठ र ढिलोमा १ असारसम्म रहनेछ । ७ वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले ६ प्रतिशत ब्याजदर पाउनेछन् ।
सो कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजार रुपैयाँका दरले जारी हुने ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ७ वर्षे अवधि रहेको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् । छिटोमा २१ जेठसम्म ऋणपत्रमा आवेदन दिन सकिनेछ । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार १ गतेसम्म आवेदन खुल्न सक्नेछ ।
हरित ऊर्जा ऋणपत्रको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंकका शाखाबाट आवेदन दिन सकिनेछ ।
‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशतर २०८८/८९’ नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।
इक्रा नेपालले सो कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी दायित्व वहन गर्न मध्यमस्तरमा सक्षम रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।