logo

ग्लोबल आइएमई बैंक र तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता,बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

    338   पटक पढिएको



५ जेठ/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंक र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सो समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका छन् । सहमति अनुसार अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।
आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा शिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।
यसैगरी, यस साझेदारी पछि ग्लोबल आइएमई बैंकका ग्राहकले एउटै छाना मुनी आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताए ।
पन्तले यो पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे ।
यसरी बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।