logo

वाणिज्य बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर,३ वटाको मात्र सामान्य बृद्धि

    345   पटक पढिएको


३१ वैशाख/अर्थ र व्यापार – वाणिज्य बैंकहरूले बिहीबारदेखि सुरु हुने जेठ महिनाकालागि पनि व्याजदर घटाएका छन् । वाणिज्य बंकहरुको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्यक्तिगत मुद्धती निक्षेपका लागि जेठ महिनाको औसत ब्याजदर ५ दशमलब ९४ प्रतिशत कायम भएको छ ।
वैशाखमा यो दर ५.९८ प्रतिशत रहेको थियो । बैंकहरुले जेठकालागि सार्वजनिक गरेको यो नयाँ दर अनुसार औसतमा २० वटा बैंकहरूको ब्याजदर ०.०४ प्रतिशतले घटेको छ । एक महिनाको अवधिमा ३ वटा बैंकले ब्याजदर घटाएका छन् । १४ वटा बैंकले वैशाखको दरलाई निरन्तरता दिएका छन् । ३ वटा बैंकहरुले भने जेठ महिनाकालागि ब्याजदरमा सामान्य वृद्धि गरेका छन्।
पछिल्लो समय बजारमा कर्जाको न्यून मागका कारण बैंकहरुले ब्याजदर निरन्तर घटाउँदै आएका हुन् । हालको ब्याजदर परिवर्तनले बेस रेटमा पनि प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । बेस रेट घटेका कारण कर्जाको ब्याजदरमा थप गिरावट आउन सक्छ । यद्यपि यो घटाइले बचतकर्ताहरूको बचत गर्ने प्रवृत्तिमा भने कमी ल्याउन सक्ने संभावना बढेको छ । अब बैंकमा पैसा राखेर व्याज खानेहरुले समेत अन्य क्षेत्रमा लगानी गर्न सक्ने अवस्था देखिएको छ ।

वाणिज्य बैंकहरुले जेठका लागि प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नेपाल इनभेस्टमेन्ट मेगा बैंकले ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेको छ । यो बैशाखको तुलनामा १ प्रतिशतले न्युन हो । यस्तै, सिद्धार्थ बैंकको दर ६ प्रतिशतबाट ५.७५ प्रतिशतमा झरेको छ । कुमारी बैंकले ५.९२ प्रतिशतबाट घटाएर ५.७१ प्रतिशतमा झारेको छ ।
सानिमा बैंकले भने जेठ महिनाकालागि ब्याजदर ५.९५ प्रतिशतबाट बढाएर ६.३३ प्रतिशतमा पुराएको छ । बैंकहरुमा यसरी लामोसमय ब्याजदर घटेपछि बचतकर्ताहरूलाई प्रभावित गर्न सक्छ ।
जेठमा नेपाल बैंकको ब्याजदर ५.१५ प्रतिशतबाट ५.४५ प्रतिशतमा वृद्धि भएको छ । सो बैंकले ०.३० प्रतिशतको वृद्धि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।