logo

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम 

    390   पटक पढिएको



२१ वैशाख/अर्थ र व्यापार – एनएमबि बैंकले एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको सो बैंकले जनाएको छ ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
सो कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए । सो कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाख रुपैयाँे सहयोगका साथैे मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको सो बैंकले जनाएको छ ।
यस्ता प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरीएको सो बैंकले जनाएको छ ।

बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्ड देखि पाउ पाथिभरा मन्दिर झापा सम्म, मधेष प्रदेशमा विरगंज शाखा देखि सन्कराचार्य गेट सम्म, चितवनमा लायन्स चोक देखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म रहेको छ ।
लुम्बिनी प्रदे्रशमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली प्रदे्रशमा बिरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिर सम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरि रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले हाल देशभर २ सय २ वटा शाखाहरु, १ सय ८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।