logo

सिटिजन्स बैंकले १८औं बार्षिकोत्सव मनायो,क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता सञ्चालनमा

    483   पटक पढिएको


८ वैशाख/अर्थ र व्यापार– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव विविध कार्यक्रमकासाथ मनाएको छ । स्थापनाको १८ वर्ष पुरा भई १९औं वर्षमा प्रवेश गर्दा बैंकले १८ लाख ७९ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।
सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै २सय वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव २ खर्व २ अर्व रहेकोमा कर्जा तर्फ १ खर्व ७३ अर्ब परिचालन गरेको सो बै.कले जनाएको छ ।
सोही अवसरमा बैंकले बिहानै सातवटै प्रदेशमा करिव ९ सय २१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कायक्रम आयोजना गरेको थियो । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा गरिएको सो बैंकले जनाएको छ ।
साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल संगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९ सय १३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको सो बै.कले जनाएको छ ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राखि ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बैंकिङ एप मार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको छ । बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ सेवा मार्फत अफलाइन माध्यमबाट नै रु।पाँच हजार सम्मको भुक्तानी ट्याप एण्ड पे मार्फत सहज रूपमा गर्न सक्ने छन् ।
यसैगरी, बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बंैकिङ्ग मार्फत क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्ने छन् । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।
बैंकले नयाँ बचत खाता सिटिजन्स फ्रिल्यान्सर सेभिङ बचत संचालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रिल्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर यूएसडी, बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ, साथै, दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ ।
यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा २५ हजार रुपैयाँसम्म (ओपीडी सेवा ५ हजार सम्म), दुर्घटना मृत्यु बीमा ३ लाख सम्म लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरु समावेश गरिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।