logo

बैंकहरुको नाफा १.४ प्रतिशतले बढ्यो, ११ वटाको बढ्दा ९ वटाको घट्यो

    412   पटक पढिएको

७ वैशाख/अर्थ र व्यापार – हाल सञ्चालनमा रहेका विभिन्न २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १दशमलब ४० प्रतिशत बढेको हो । ११ बैंकको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ भने ९ वटाको घटेको छ ।
सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ । त्यस्तै, एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१ दशमलब ८ प्रतिशत घटेको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आर्थिक शिथिलताले व्यवसाय बढाउन नसक्दा त्यसको असर वाणिज्य बैंकहरुको ब्यालेन्ससिटमा परेको देखिएको छ । चालु आर्थिक वर्षको वितेका ९ महिना चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले अघिल्लो आवको सोही अवधिको तुलनामा मुनाफा जम्मा १ दशमलब ४ प्रतिशतले बढाएका छन् । यो वृद्धि कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण सम्भव भएको हो।
राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जालाई पुर्नसंरचना र पुनर्तालिकीकरण गरिदिँदा पनि बैंकहरुको नाफा वृद्धिमा बल पुगेको छ । २० वटा बैंकले ९ महिनामा कमाएको मुनाफा ४१ अर्ब २४ करोड रुपैयाँ छ । जसमध्ये ११ बैंकले नाफा बढाउँदा ९ वटाको भने घटेको छ।
नाफाको वृद्धिदरमा नेपाल बैंक सबैभन्दा अगाडि रहेको छ । यसैगरी, धेरै नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा परेको छ । नेपाल बैंकको नाफा २०३२ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ । सो बैंकको नाफा २ अर्ब ७८ करोड रुपैयाँ नाफा रहेको छ ।
यस्तै नबिलले ५ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । नाफा वृद्धिको दर ८.२ प्रतिशत छ।
बैंकरहरुका अनुसार अपेक्षाअनुसार कर्जाको माग नभए पनि राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुर्नसंरचना र पुनर्तालिकीकरण गर्न पाउने सुविधाले गर्दा केही राहत पुगेको छ । यसअघि कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको सम्बन्धीत बैंकरूले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।