logo

थप पेचिलो बन्दै गर्भनर नियुक्ति ,सरकारलाई सकस

गभर्नर बन्न गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

    647   पटक पढिएको



५ बैशाख/अर्थ र व्यापार – सरकारले गरेको ढिलाइका कारण अहिले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनर नियुक्ति गर्ने काम निकै पेचिलो बनेको छ । सरकारमा रहेका दलहरुबीचमा नै गर्भनर कस्को कोटाबाट नियुक्त गर्ने भन्नेबारे सहमतीको आधारमा टुंगो लगाउन समय लगाएका कारण गर्भनर नियुक्ति प्रक्रियामा केही ढिलाई भएको हो ।
नयाँ गर्भनर हुनकालागि अहिले सक्तारुढ दलबीच बल्ल एक किसिमको सहमती बनेको छ । अब नेपाल राष्ट्र बैंकले छिटै नयाँ गर्भनर पाउने छ । सरकारमा रहेका दलहरुबीच भएको सहमती बमोजिम गभर्नर नियुक्त हुने पक्का भएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । उनले शुक्रबार बिहान राजीनामा दिएका हुन्।
नेपाल राष्ट्र बैंक ऐनले ‘गभर्नर नियुक्तिको प्रयोजनका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्छ’ भनेको छैन, गभर्नर नियुक्त भएपछि कार्यकारी निर्देशकबाट स्वतः राजीनामा गरेको मानिन्छ । तैपनि आफुलाई गर्भनर बनाउने सुइँको पाएपछि भट्टले ढुक्क भएर राजिनामा दिएका हुन भन्ने सम्बन्धीत सरोकारवालाहरुले अनुमान गरेका छन् । हाल निकै पेचिलो बनेको गर्भनर नियुक्तिबारे सरकारमा सहभागी राजनीतिक दलहरुबीच गठबन्धनमै संकट पर्ने भएसँगै यस विषयमा सत्ता पक्षबीच सहमती भएको बुझिएको छ ।


सरकारले तीन साताअघि नै नयाँ गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन । गत बुधबार साँझ पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गर्भनर भट्टलाई नै बनाउनेबारे भद्र सहमति भएको थियो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको सिफारिस समितिले संभवत आज नै भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ । त्यसपछि मन्त्रीपरिषद् बैठक डाकेर भट्टलाई गभर्नर नियुक्त गर्ने तयारी भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार आगामी नयाँ गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले उनलाई डाकेर भेटिसकेका छन् । गभर्नरका लागि नेपाल राष्ट्र बैंकले केही योग्यताहरु तोकेको छ । नेपाली नागरिकका साथै उच्च नैतिक चरित्र आवश्यक भएको व्यक्ति, यसबाहेक आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र गणित वा कानुन बिषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
सो मापदण्ड बमोजिम कार्यअनुभवका रुपमा कानुनले– सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी तहको पद वा त्यो सरहको पद वा मर्यादाक्रमको हिसाबले त्यो पदभन्दा उच्च पदमा काम गरेको अनुभव सम्झनु पर्छ भन्ने उल्लेख गरिएको छ ।
सोही मापदण्ड अनुसार अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्टले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । राष्ट्र बैंकको विशिष्ट श्रेणीमा बसेर काम गरिसकेकाले भट्टको योग्यतामा कुनै पनि कानुनी अड्चन नरहेको सम्बन्धीत कानुन विज्ञहरुले समेत बताएका छन् । गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।
जसकालागि अहिले पौडेल भारत भ्रमण छोट्याएर संभवत आज नै नेपाल फर्किने छन्। समिति सदस्यहरुले शुक्रबार सिफारिस गरेर शनिबारसम्म गभर्नर नियुक्त गर्ने तयारी रहेको अर्थ मन्त्रालय स्रोतको दाबी छ । पछिल्लो समय गभर्नरका लागि धेरै जनाले इच्छा देखाएका थिए । गभर्नरकै लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि डा.प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका थिए । अझै उनको राजीनामा स्वीकृत भइसकेको छैन । उनी राष्ट्रिय योजना आयोगको सदस्य छन्।
गभर्नर सिफारिस समिति बनेपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट ज्ञानेन्द्र ढुङ्गानाले पनि राजीनामा दिएर बसेका थिए । यसले पनि अहिले नयाँ गर्भनर नियुक्ति एकदमै पेचिलो बनेको छ । यो काम ढुंग्याउन सरकारलाई पनि निकै सकस भइरहेको अवस्था छ । यस्तो सकसकाबाबजुत पनि अब सरकारले केही समयभित्रै अहिले चर्चामा आएका मध्येबाटै एकजना नयाँ गर्भनरको नाम छनोट गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।