३ बैशाख/अर्थ र व्यापार – प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले गोरखा नगरपालिका वडा नम्बर ६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रालिमा छुट पाउने भएका छन् । बैंकले मंगलबार होटलसँग सम्झौता भएको जनाएको छ ।
सम्झौतापत्रमा होटलका अध्यक्ष सुरेन्द्र कुँवर र बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
गोरखाको केन्द्र भागमा रहेको होटलमा आरामदायी बसाइका लागि न्यानो, परिवारमैत्री वातावरण र उत्कृष्ट सेवाका साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । यस साझेदारीले गोरखाको पर्यटनको प्रवर्धन हुनुका साथै ग्राहक पनि लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
तपाईको प्रतिक्रिया