logo

मुक्तिनाथ विकास बैंकको ‘पकेट मनी बचत खाता’ योजना

    381   पटक पढिएको


२६ चैत/अर्थ र व्यापार – मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका किशोरकिशोरीलाई लक्षित गरेर ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ।
बैंकले यो बचत खाताले विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई फाइदा पु¥याउने जनाएको छ । भर्खर १६/१७ वर्ष उमेर समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने सो बैंकले जनाएको छ ।
बैंकका अनुसार मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकलाई बैंकले अर्धमासिक तथा मासिक रुपमा एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ ।
यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्मका लागि निःशुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने सो बैंकले जानकारी दिएको छ ।
मुक्तिनाथ पकेट मनी बचत खातामा नयाँ योजना ल्याएको सो बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको जनाएको छ । यसैगरी, मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामौ रेमिट्यान्स जम्मा जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।