२५चैत/अर्थ र व्यापार – सरकारले नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिएको छ । राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई सोमबार उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम ढुंगानालाई राष्ट्र बैंकमा कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावली सकिएर उनले गत शुक्रबारदेखि नै बिदा लिइसकेका छन् ।
अधिकारी बिदा भएपछि शनिबार देखि नै राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको छ । अहिले सरकारले नयाँ गर्भनर नियुक्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुराइसकेको छ । अब नयाँ गभर्नरको नाम घोषणा हुन मात्र बाँकी छ ।
तपाईको प्रतिक्रिया