२५चैत/अर्थ र व्यापार – काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्र (डिबेन्चर)मा लगानी आवेदन खुलेको छ ।
१० वर्षे अवधिको यस ऋणपत्रमा लगानी गर्नेले हालको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा बढी प्रतिफल पाउने छन् । हाल बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याज दिइरहेका बेला ऋणपत्रको प्रतिफल वार्षिक ७ प्रतिशत छ ।
अंकित मूल्य १ हजारका दरले कम्पनीले कुल ५० लाख कित्ता निष्कासन गर्न लागेको हो । जसमध्ये २ अर्बको २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।
न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
छिटोमा चैत २८ गते र सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा ढिलोमा वैशाख ८ गतेसम्म आवेदन खुल्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।
तपाईको प्रतिक्रिया