logo

बाहिरिँदै गर्दा गभर्नर अधिकारीले भने: राष्ट्र बैंकमा ठाडो हस्तक्षेप भयो, अर्थतन्त्र लयमा राखें

    568   पटक पढिएको


२४ चैत/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको स्वायत्ततामा सरकारले ठाडो हस्तक्षेप गरेको बताएका छन्।
आफ्नो पाँचवर्षे कार्यकाल पुरा गरि राष्ट्र बैंकबाट बाहिरिनेक्रममा गभर्नर अधिकारीले पत्रकार सम्मेलन गरी राष्ट्र बैंकको स्वायत्ततामा सरकारले ठाडो हस्तक्षेप गरेको बताएका हुन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ चैत अन्तिम साता गभर्नर अधिकारीलाई पदमुक्त गर्ने तयारीसहित न्यायिक छानबिन समिति गठन गरेको थियो। त्यतिखेरका अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा न्यायिक छानबिन समिति गठन भएपछि अधिकारी निलम्बनमा परेका थिए ।
त्यसैलाई लक्षित गर्दै अधिकारीले सरकारले हस्तक्षेप गरेपनि न्यायालयबाट साथ पाएको बताए। ‘कार्यकालको दोस्रो वर्षमा नेतृत्वमाथि प्रहार भयो । राष्ट्र बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप हुन गयो । विश्वव्यापी मान्यता तथा मर्मअनुरुप केन्द्रीय बैंकको स्वायत्तता अक्षुण राख्न सर्वोच्च अदालतले साथ दियो। सर्वोच्चका न्यायाधीशहरुलाई धन्यवाद छ। बैंकको स्वायत्ततामा हस्तक्षेप हुँदा बैंकका पूर्वगभर्नर, अर्थशास्त्री तथा सञ्चार जगतबाट पनि खबरदारी भयो,’ उनले भने।
आफूमाथि छानबिन गर्ने निर्णयविरुद्ध अधिकारी सर्वोच्च अदालत गएकामा सर्वोच्चले उनलाई काम गर्नबाट नरोक्न सरकारलाई अन्तरिम आदेश दिएको थियो। उनी २०७९ वैशाख ७ गते काममा फर्किएका थिए।
गर्भनर अधिकारीले आफ्नो पाँचवर्षे कार्यकालमा खासगरी कोभिडका कारण चुनौतीपूर्ण बनेको अर्थतन्त्रलाई आफूले लयमा राखेको दाबी गरे । ‘कोरोना महामारी विश्व अर्थतन्त्रका लागि ठूलो चुनौती भएकाो अवस्थामा समेत हामी उपलब्ध स्रोत र साधनलाई प्रयोग गरेर सहजता अपनाउन सफल भयौं,’ उनले भने, ‘अनेक उपाय लगाएर अर्थतन्त्रलाई लयमा राख्न सफल भयौं।’
उनले आफ्नो कार्यकालमा वित्तीय क्षेत्रको सुधारमा महत्वपूर्ण काम भएको दाबी गरे। ‘यो अवधिमा मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । ब्याजदर करिडोरलाई पनि प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा जस्ता व्यवस्था कार्यान्वयनमा लगिएको छ,’ अधिकारीले भने। उनले वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हटेर गएको दाबी गरे । उनको कार्यकालमा राष्ट्र बैंकले ११ वटा नीति, ९ वटा फ्रेमवर्क, १८ वटा मार्गदर्शन, ११ वटा निर्देशिका, ७ वटा म्यानुुअल र ४१ वटा कार्यविधि जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।