logo

औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने खबरले सिमेन्ट उत्पादक संघ दंग

    433   पटक पढिएको


१७ चैत/अर्थ र व्यापार – नेपाल सिमेन्ट उत्पादक संघले सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वले भारतबाट थप बिजुली ल्याएर उद्योगहरूमा लोडसेडिङ हटाउन खोजेको भन्दै खुसी व्यक्त गरेको छ ।
प्राधिकरणमा नयाँ प्रवन्ध निर्देशक आएसँगै संघले विज्ञप्ति जारी गर्दै अब औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा आवश्यकता अनुसार विद्युत् प्राप्त हुने निश्चित देखिएको भन्दै खुसी व्यक्त गरेको हो ।
‘नेपालमा औद्योगिक क्षेत्र खासगरी सिमेन्ट उत्पादक लगायत ठूला उद्योगमा चौबिसै घण्टा विद्युत आपूर्ति हुन नसक्दा ९ र १२ घण्टा वा त्यसभन्दा बढी समय लोडसेडिङ भएका कारण उत्पादन क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसकेको, उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको तथा सोही कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवद्र्धनमा समेतमा गम्भीर असर परेको सरोकारवालालाई जानकारी रहे, भएकै विषय हो,’ संघले जारी गरेको विज्ञप्तिमा छ ।
सरकार र विद्युत प्राधिकरण समेतको पहलमा अब भारतबाट रातिको समयमा पनि थप विद्युत आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ पूर्णरूपमा हटाउने भनी प्रकाशित, प्रचारित समाचार, सूचना, जानकारीबाट नेपाल सिमेन्ट उत्पादक संघ र यस संघसंग आबद्ध उद्योगी–व्यवसायी लोडसेडिङ घट्ने छ भन्ने आशासाथ उक्त विषयप्रति अत्यन्तै सकारात्मकत र हर्षित भएको संघको भनाइ छ ।
लोडसेडिङका कारण उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको विज्ञप्तिमा उल्लेख छ ।
औद्योगिक क्षेत्रमा लोडसेडिङ भएका कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवद्र्धनमा समेत गम्भीर रूपमा असर परेको पनि संघले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।