logo

औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने खबरले सिमेन्ट उत्पादक संघ दंग

    564   पटक पढिएको


१७ चैत/अर्थ र व्यापार – नेपाल सिमेन्ट उत्पादक संघले सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वले भारतबाट थप बिजुली ल्याएर उद्योगहरूमा लोडसेडिङ हटाउन खोजेको भन्दै खुसी व्यक्त गरेको छ ।
प्राधिकरणमा नयाँ प्रवन्ध निर्देशक आएसँगै संघले विज्ञप्ति जारी गर्दै अब औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा आवश्यकता अनुसार विद्युत् प्राप्त हुने निश्चित देखिएको भन्दै खुसी व्यक्त गरेको हो ।
‘नेपालमा औद्योगिक क्षेत्र खासगरी सिमेन्ट उत्पादक लगायत ठूला उद्योगमा चौबिसै घण्टा विद्युत आपूर्ति हुन नसक्दा ९ र १२ घण्टा वा त्यसभन्दा बढी समय लोडसेडिङ भएका कारण उत्पादन क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसकेको, उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको तथा सोही कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवद्र्धनमा समेतमा गम्भीर असर परेको सरोकारवालालाई जानकारी रहे, भएकै विषय हो,’ संघले जारी गरेको विज्ञप्तिमा छ ।
सरकार र विद्युत प्राधिकरण समेतको पहलमा अब भारतबाट रातिको समयमा पनि थप विद्युत आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ पूर्णरूपमा हटाउने भनी प्रकाशित, प्रचारित समाचार, सूचना, जानकारीबाट नेपाल सिमेन्ट उत्पादक संघ र यस संघसंग आबद्ध उद्योगी–व्यवसायी लोडसेडिङ घट्ने छ भन्ने आशासाथ उक्त विषयप्रति अत्यन्तै सकारात्मकत र हर्षित भएको संघको भनाइ छ ।
लोडसेडिङका कारण उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको विज्ञप्तिमा उल्लेख छ ।
औद्योगिक क्षेत्रमा लोडसेडिङ भएका कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवद्र्धनमा समेत गम्भीर रूपमा असर परेको पनि संघले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।