२६ फागुन/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५ प्रतिशत औषधीमा छुट पाउनेछन्।
यसैगरी, १० प्रतिशत छुट प्याथोलोजि टेस्टमा र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया