२५ फागुन/अर्थ र व्यापार– एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आगामी १० वैशाखदेखि लागु हुनेगरी घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।
हाल घिमिरे सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन् । यस बैंकका वर्तमान सीईओ सुनिल केसीले आगामी ९ वैशाखसम्म कार्यकाल सम्हाल्नेछन् । साथै बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया