२३ फागुन/अर्थ र व्यापार – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औं बैठकले अध्यक्षमा पाँडेलाई सर्वसम्म रूपमा सञ्चालक समिति अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
१५ फागुनमा सम्पन्न बैंकको ३८औं वार्षिक साधारणसभापछि भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य र दिपंकर शाक्य (उदय) निर्विरोध निर्वाचित भएका थिए ।
सर्वसाधारण सेयरधनी समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कविकुमार टिबरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया