२६ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको सो रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको बताएको हो ।
कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३२ करोड ८५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १० करोड ९५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यो मुद्दति निक्षेप आगामी ६ फागुनदेखि २०८२ समलको ६ फागुनसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले यहि २९ माघसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया