२३ माघ/अर्थ र व्यापार – सिद्धार्थ बैंकले नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
सो सामग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो ।
यस बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ । हाल यस बैंकले दिगो विकास लक्ष्यलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया