१४ माघ/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण भएको छ । बैंकले काठमाडौं महानगरपालिका – २८ घण्टाघरमा रहेको शाखा कार्यालयलाई सोही वडाभित्र प्रदर्शनी मार्गमा स्थानान्तरण गरिएको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सो शाखाको उद्घाटन गरेका हुन् । उनले यस शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । प्रदर्शनीमार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया