२१ पुस/अर्थ र व्यापार – गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्धनमा रहेको गरिमा म्युचुअल फन्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाका एकाइहरूको बाँडफाँट सम्पन्न भएको छ ।
बीज पुँजीसहित अंकित मूल्य १० रुपैयाँ दरका १० करोड एकाइहरू गत ७ देखि ११ पुससम्म सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएका थियो । सो अवधिभर रीतपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरूमार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० एकाइका लागि आवेदन परेकामा निष्कासन गरिएको एकाइभन्दा अधिक एकाइका लागि आवेदन परेको थियो ।
विद्यमान सामूहिक लगानी कोष निर्देशिका– २०६९ मा भएको व्यवस्थाबमोजिम यस योजनामा आकारको अधिकतम २५ प्रतिशतसम्मको एकाइ बाँडफाँट गर्न सकिने हुँदा सोअनुसार बाँडफाँट गरिएको हो ।
एकाइ खरिदका लागि रीतपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकलाई धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका–२०७४ को अधीनमा रही बिहीबार बाँडफाँट गरिएको हो ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा एकाइ बाँडफाँट गरी बीज पुँजीसहित योजनाको आकार १ अर्ब २५ करोड रुपैयाँ अर्थात् १२ करोड ५० लाख एकाइ कायम गरिएको सो क्यापिटलले जनाएको छ ।
तपाईको प्रतिक्रिया