logo

सीबीफीनको अध्यक्षमा पुनः पौड्याल

    407   पटक पढिएको


२१ पुस/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्वाचित भएका छन् । सीबीफीनको काठमाडौमा सम्पन्न पाँचौ साधारणसभाले सचिवबाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जसअनुसार सीबीफीन कार्यसमितिका १७ मध्ये १६ जना सर्वसम्मत भएका हुन् । पौड्याल यसअघि पनि परिसंघको अध्यक्ष थिए ।
सोही निर्वाचन सहितको साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय दोहोरिएका छन् । उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत भएका हुन् ।
सर्वसम्मत भएका अन्य पदहरुमा कोषाध्यक्षमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सहकोषाध्यक्षमा गोरखा फाइनान्सका गौरव बुढाथोकी सर्वसम्मत भएका छन् ।
सचिवमा भने निर्वाचन भएको थियो । सो पदका लागि शाइन रेसुङा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलकाबीचमा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा शाइन रेसुङाका पौडेलले ३२ मत ल्याएर जित हासिल गरे भने गोयलले जम्मा २३ मत प्राप्त गरेका थिए । कुल ७६ मतदाता रहेको परिसंघमा ५५ जनाले मात्र मतदान गरेका थिए ।
सदस्यहरुमा कुमारी बैंकका राजाराम खड्का, एभरेष्ट बैंकका बालगोपाल वैद्य, प्रभु बैंकका लिलाप्रकाश सिटौला, एनएमबी बैंकका मनोजकुमार गोयल, नेपाल बैंकका चन्द्रबहादुर अधिकारी, ग्लोबल आईएमई बैंकका राधेश पन्त, लक्ष्मी सनराइज बैंकका रमण नेपाल, कामना सेवा विकास बैंकका सुदीप आचार्य, लुम्बिनी विकास बैंकका चिन्तामणि भट्टराई र प्रोग्रेसिभ फाइनान्सका लक्ष्मीप्रसाद महर्जन सर्वसम्मत निर्वाचित भएका हुन् । सिवफिन नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।