१९ पुस/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय सस्थाहरूको निष्क्रिय कर्जा (एनपीए) अझै थपिने देखिएको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ वार्षिक साधारण सभामा पौडेलले कर्जा असुली प्रभावित भइरहेका कारण बैंकहरूको एनपीए थप बढ्ने देखिएको बताएका हुन् ।
उनले अन्य मुलुकको तुलनामा नेपालमा बैंकहरूको ब्याज बाहेक अन्य आम्दानी कम रहेको उनले बताए । ब्याज बाहेकका सेवा शुल्क अन्य देशका बैंकहरूको तुलनामा नेपालका बैंकहरूको कम रहेको बताउँदै उनले यसकारण पनि बैंकहरूको आरओई कम हुन्दै गएको देखिन्छ’ उनले भने
बैंकहरूको कुल आम्दानीमा ८० प्रतिशत ब्याज नै भएको बताउँदै उनले अन्य मुलुकमा अन्य सेवा शुल्कको आम्दानी राम्रो हुने बताए । यसैगरी,उनले बैंकहरूले पु¥याएको योगदान बिर्सन नहुने बताए । देशको जीडीपी बढ्नुमा बैकिङ क्षेत्र र निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।‘बैंकबाट कर्जा लिइसकेपछि कर्जा लिने व्यक्ति जिम्मेवार बन्नु पर्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया