१८ पुस/अर्थ र व्यापार – नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई जनकपुरधाम–०४ स्थित कदम चौकमा रहेको सुनैना हस्पिटलमा छुट हुने भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने सो सम्झौतापत्रमा उल्लेख छ ।
यस्तै विभिन्न सेवामा लाग्ने कन्सुलेसन शुल्कमा पनि १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया